काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले देश राजनीति मय बनिरहेका बेला चितवनबाट राम्रो संभावना बोकेका युवा नेता भरत सापकोटाको चर्चा पनि चरम चुलिमा छ । यसैबिच नेपाली कांग्रेसले चितवन क्षेत्र नं। २ मा वामपन्थी गठबन्धनलाई हराउन युवा नेता भरत सापकोटालाई अघि सार्ने तयारी गरिरहेको स्रोतले जनाएको छ । प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं। २ बाट प्रत्यक्षतर्फ टिकटका लागि सिफारिशमा परेका नेपाली कांग्रेसका युवा नेता सापकोटालाई अघि सार्ने तयारीमा कांग्रेसका अधिकांश नेताहरु सकारात्मक रहेको बताइन्छ । यही सेरोफेरोमा नेता सापकोटाले ताजाखबरसाग कुराकानी गर्दै भने चितवनको जुनसुकै क्षेत्रबाट भएपनि टिकट पाए वामपन्थी गठबन्धनलाई हराउन सक्छु, नेतृत्वले मलाई विश्वास गरेर टिकट दिए पुग्छ ।

आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावमा उम्मेदवारहरुको मनोनयन गर्ने अन्तिम तयारीमा रहेको नेपाली कांग्रेसले चितवनमा आफ्नो साख जोगाउन अन्तिम तयारी गरिरहेको छ । आफ्ना उम्मेदवारहरु पराजित नहोऊन् भन्ने उद्देश्यले कांग्रेसले चुनाव जित्न सक्ने योग्य उम्मेदवारहरुको खोजी गरिरहेको छ । चितवन क्षेत्र नं. २ मा युवा नेता सापकोटाको नाम सबैभन्दा बढी चर्चामा छ । आगामी चुनावमा एमाले, माओवादी लगायत अन्य वामपन्थी दलहरु एक भएसँगै कांग्रेस भित्र चुनाव हारिने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ ।

वामपन्थी गठबन्धनले चितवनका कांग्रेसीहरुलाई समेत चिन्ताको विषय बनाईरहेको छ । जिल्लाबाट केन्द्रमा सिफारिस हुने नाममा जिल्लाका कहलिएका नेतादेखि युवा पुस्ताका नेताको नाम परेको छ । तर सापकोटा भने पार्टीले टिकट दिए आफू जुनसुकै क्षेत्रबाट पनि चुनाव लड्न तयार रहेको दाबी गर्छन् ।

तपाईको प्रतिक्रिया