एजेन्सी । दिनमा सबैभन्दा बढी समय तपाई कति घण्टा सुत्नुहुन्छ ? १० १२ वा १५ घण्टा ? तर बेलायतकी १६ वर्षीय बेथ गुडियर नामक युवती कम्तिमा २२ घण्टा सुत्ने गरेकी छिन् । उनी दिनमा बढीमा दुई घण्टामात्र जाग्छिन् । त्यो समय पनि खाना खान र पानी पिउनमा बढी बिताउँने गरेको उनकी आमा जाइनेकाले एक अन्तरवार्तामा बताएकी छिन् । आमा जाइनेका अनुसार बेथलाई एकपटक ब्रेन ट्युमर भएको थियो र उनलाई आकस्मिक रुपमा हस्पिटलमा भर्ना गरिएको थियो ।

तर, हस्पिटलमा गरिएका सबै टेस्ट फेल भएपछि उनी अहिले घरमा नै आरामा गरिरहेकी छिन् । बेथलाई जतिबेला पनि अल्छी मात्रै लागीरहने र खाने समयमा पनि निकै नै अल्छिपना तथा सकसका साथ खाना सक्ने गरेको आमा जाइनेका बताउँछिन् ।

तपाईको प्रतिक्रिया