एजेन्सी । विश्वकै महंगो घडी कति रुपैयाँ आउला ? १ लाख डलर, २ लाख वा ५ लाख डलर ? तपाई हाम्रो सोचाई भन्दा ठूलो मूल्यको अन्तरमा संसारकै सबैभन्दा महंगो घडी ११६ करोडमा लिलाम भएको छ ।

स्यर्गीय अमेरिकी अभिनेता पाल न्यूमैनको रोलेक्स डेटोना घडी ११६ करोडमा विक्रि लिलामी भएको भारतीय अनलाइनहरुले लेखेका छन् । बिबिसीका अनुसार १९७८ मा यो घडी न्यूमैनलाई उनकी पत्नीले उपहार दिएकी थिइन् । लिलामीमा यो घडीलाई मूल्यभन्दा १७ गुणा बढी रकम हालिएको बताइएको छ । घडी लिलामी भएसँगै यो खबर अहिले विश्वभरका संचारमाध्यमहरुमा भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया