एजेन्सी । लामो समयदेखि कुरीति र कुसंस्कृतिमा जगेडिएका कारण स्टेडियममा पुगेर समेत फुटबल हेर्न नपाएका साउदी अरेबियाका महिलाले अब फुटबल मैदानमा नै पुगेर खेल हेर्न पाउने भएका छन् ।

साउदी सरकारले पहिलो पटक फुटबल स्टेडियममा महिलालाई जाने अनुमति दिनपछि उनीहरु हर्षित बनेका समाचारहरु आइरहेका छन् । तर यो वर्ष नै यो नियम लागू नभई अर्को वर्षदेखि मात्र महिलाले परिवारसँग फुटबल हेर्न पाउनेछन् । साउदीमा महिलामाथि लगाएको विभिन्न प्रतिबन्ध विस्तारै खुकलो हुँदै गइरहेका बेला अघिल्लो वर्ष साउदी सरकारले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो । साउदी सरकार पछिल्लो समयमा महिलाको अधिकारलाई सुनिश्चित गर्न अग्रसर भएको छ ।

तपाईको प्रतिक्रिया