एजेन्सी । विश्व चर्चित खेलाडी नेयमार र मेस्सी कति सुरक्षीत छन् ? यो विश्वकै लागी चासोको विषय बनिरहेका बेला अतिवादी आतंकवादी समूह इस्लामिक स्टेटले ज्यान मार्ने धम्की दिएको छ ।

सन् २०१८ मा हुने विश्वकप फुटबललाई लक्षित गरी अर्जेन्टिनाका कप्तान मेस्सी र ब्राजिलका नेयमारलाई सांकेतिकरुपमा धम्किपूर्ण खालको तस्बिर सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्विरमा मेस्सी टाउको काटिएको आईएसको झन्डासँगै छन् भने नेयमारलाई विभत्स अवस्थामा राखेर बन्दुक ताकिएको छ ।

आइएसले आफ्ना मुस्लिम देशहरु सुरक्षित नभएसम्म कतै सुरक्षित नहुने भन्दै शक्तिशाली देशका राजकुमार, नेता लगायत अमेरिकन आर्मीहरुमाथी आक्रमण गर्ने चेतावनी दिइ नै रहेको छ ।

तपाईको प्रतिक्रिया