काठमाडौं -आजभोलि ग्यास्ट्रिकका बिरामी बढेको चिकित्सकहरू बताउँछन् । अव्यवस्थित जीवनशैली र खानपानका कारण ग्यास्ट्रिकका बिरामी बढिरहेका हुन् । ग्यास्ट्रिकका बिरामीले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ । भोको पेट बस्दा ग्यास्ट्रिकसम्बन्धी समस्या थप बढ्छ भन्ने गरिन्छ । अनुशासित खानपान र जीवनशैली अपनाउन सक्यौँ भने ग्यास्ट्रिकको समस्या कम गर्न सकिन्छ ।

लक्षण -भोक हराउनु । -छाती र पेटको बीचको खाल्टोवरिपरि दुख्ने । -पेट पोल्नु । -टाउको दुखेर हैरान पार्नु । -अम्लपित्त बढ्नु । -वाकवाकी लाग्नु । -बान्ता हुनु । -गनाउने सास आउनु । -रिंगटा लाग्नु ।

यस्तो खानपान -पौष्टिक खानपानमा जोड दिने । -फाइबर र भिटामिनयुक्त होलग्रेन्स खाना, हरियो सागपात, क्याल्सियम, एन्टिअक्सिडेन्टलगायतका खानामा विशेष जोड दिने । -अमिलो जातका फलफूल, गेडागुडी, पिँडालु, प्याज, काउली, स्याउ, बेसार, ग्रिन टी, अंगुरलगायतका खानेकुरा पनि खाइरहनुपर्छ । -प्रचुर मात्रामा प्रोटिनयुक्त खाना माछा, मासु, कुखुरा, गेडागुडी खानाले ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

प्लस टिप्स -सेकुवाजस्ता पोलेका खानेकुरा खानु हुँदैन । -यस्ता समस्या भएकाहरूले मद्यपान तथा धूम्रपान गर्नु हुँदैन । -नियमित समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । -हरियो सागपात, सबै प्रकारका तरकारी, फलफूल, माछा, बोसोरहित मासु ग्यास्ट्रिकका बिरामीका लागि महत्वपूर्ण खाना हुन् । -समय–समयमा चिकित्सकसमक्ष पुगेर कस्तो खालको खाने, के नखाने भनेर जानकारी लिइरहनुपर्दछ । -मैदाबाट बनेका खानेकुरा, कोल्डड्रिंक्स, चिया, कफी सकेसम्म खानु हुँदैन ।नयाँ पत्रिकाaf6

तपाईको प्रतिक्रिया