काठमाडौं । रसुवाको नेकपा एमाले कालिका गाउँपालिकाका एमालेका एक स्थानिय नेताले एमाले परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका छन्। कालिका गाउँपालिका वडा न ४ मा स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार भएका बिष्णु बहादुर तामाङ नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका हुन्।

पार्टी प्रवेशपछि बिष्णु बहादुर तामाङले नेपाली कांग्रेस र गठवन्धनलाई जिताउन आफू र आफ्ना समर्थकहरु लागि पर्ने बताए ।

तामाङलाई नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा उमेद्वार भएका मोहन आचार्यले पार्टीमा प्रवेश गराएका हुन् । काँग्रेसका आचार्यसँगै रसुवाको प्रदेश सभा २ मा उमेद्वार रहेका नायाँ शक्तिका उमेद्वार प्रेम तामाङले पनि स्वागत गर्न पुगेका थिए ।

तपाईको प्रतिक्रिया