एजेन्सी । लामो समयदेखि यूरोप, अमेरिका र बेलायतमाथी खनिँदै आएको मुस्लिम अतिवादी आतंककारी संगठन आइएसआइएसले बेलायती राजकुमार जर्जलाई आक्रमण गर्ने धम्की दिएको छ ।

भर्खरै स्कुल जान सुरु गरेका चार वर्षीय बेलायती राजकुमार जर्जलाई आतंककारी संगठन इएसआइएसबाट धम्की आएको बेलायती संचार माध्यमहरुले खबर छापेका छन् ।

राजकुमार विलियम र राजकुमारी केटका छोरा जर्जको तस्बिर सार्वजनिक गर्दै आइएसले आक्रमणको तयारी गरेको स्रोतको बुझाई छ । बेलायती सञ्चार माध्यमले राजकुमार जर्जको नाम आइएसको हिट लिस्टमा रहेको जनाएका छन् ।

बेलायती महारानीको ज्यान लिने धम्की दिएको इस्लामिक स्टेटले यसअघि राजकुमार ह्यारीलाई समेत धम्की दिएको थियो ।

तपाईको प्रतिक्रिया