एजेन्सी । विश्वमा नै चर्चा हुन्छ बलिउड चलचित्र उद्योगको हो । यहाँका चर्चित कलाकारहरुको चर्चा पनि उसैगरी हुनेगर्छ । अझ पारिश्रमिकका विषयमा पनि बलिउडका हस्तिहरु बेलाबेलामा मिडियामा छाउने गर्दै आएका छन् । अभिनेताहरू फिल्म खेलेबापत कति पारिश्रमिक लिन्छन् रु लिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन् ।

अमिताभ बच्चनदेखि सलमान, शाहरुख र आमिर खान अनि रणवीर कपुर र ऋतिक रोशनलगायत चर्चित अभिनेताले फिल्मबाट लिने पारिश्रमिक कम छैन । तर पछिल्लो पुस्तामा चर्चामा रहेका अभिनेताहरु रणवीर सिंह, रणवीर कपुर, लगायतको पारिश्रमिक कति होला भन्ने जिज्ञासामा आव सर्वसाधारणमा छ । ‘बाजीराव मस्तानी’ खेल्नुभन्दा पहिले रणवीर सिंहले एउटा फिल्मको पारिश्रमिक तीनदेखि पाँच करोड भारु लिन्थे ।

तर, बाजिराव मस्तानीको सफलतासँगै उनको अभिनयको मूल्य बढ्यो । यसपछि उनको पारिश्रमिक तीन गुणाले बढ्यो । अहिले उनी एउटा फिल्मका लागि १० करोड रुपैयाँ लिन्छन् । त्यस्तै रणवीर कपुरका कैयौँ फिल्म फ्लप भएका छन् । तर, फिल्म फ्लप भए पनि रणवीर कहिल्यै फ्लप भएनन् । बलिउडमा उनको माग कहिल्यै कम भएको छैन । उनको पारिश्रमिक पनि राम्रो छ । एउटा फिल्मको उनी २० देखि २५ करोड रुपैयाँसम्म लिन्छन् ।

तपाईको प्रतिक्रिया