बिरामीलाई सजिलो ठाउँमा कोल्टे पारी सुताउने । मुख बाँधेको अवस्थामा जबर्जस्ती खोल्न कोसिस नगर्ने । बल प्रयोग गरेर कम्पन रोक्ने प्रयास नगर्ने । मुखमा पानी वा खानेकुरा नराखिदिने, यस्ता कुरा मुखमा राखिदिँदा सास फेर्ने नलीतिर गएर बिरामीको श्वासप्रश्वास रोकिन सक्छ । काम्न छोडेपछि कोल्टे पारेर सुताउने । हाम्रो गाउँघरमा यस्ता बिरामीलाई जुत्ता सुँघाउने वा साँचो हातमा राखिदिनेजस्ता कार्य गर्ने चलन छ, त्यो गर्न हुँदैन । जतिसक्दो चाँडो नजिकैको अस्पताल या स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ ।नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया