नेपालगन्ज १२ कार्तिक । बाँकेमा १ हजार ६ सय ८८ जना म्यादी प्रहरी छनोट भएका छन् । मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सुरक्षाका लागि उनीहरु छनोट भएका हुन् । छनोट भएका मध्ये पुरुषको सङ्ख्या महिलाको भन्दा दोब्बर बढि छ ।

१ हजार १ सय ७८ जना पुरुष छनोट भएकोमा ५ सय १० जना महिलाहरु म्यादी प्रहरीका लागि छानिएका हुन् । यसबाहेक ३ सय ३८ जना वैकल्पिकमा परेका छन् । जिल्लामा म्यादीका लागि आवश्यक भन्दा दोब्बर बढि, ३ हजार ७ सय ४४ जनाको आवेदन परेको थियो ।

छनोट भएकाहरुलाई सोमबार बाटै १२ दिने तालित सुरु भएको र तालिमपश्चात उनीहरुलाई सुरक्षामा खटाईने बाँके प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया