नेपालगन्ज १२ कार्तिक । चर्चित अभिनेत्री केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को आइतबार नेपालगन्जमा शुभमुर्हत गरिएको छ । कथाबस्तु र लगानीलाई गोप्य राखेको निर्माण पक्षले चलचित्रले सामाजिक बिषयबस्तुलाई रमाइलो ढंगले उठान गरेको जनाएको छ । पश्चिम नेपालकै प्रमुख शक्तिपिठ बागेश्वरी मन्दिरमा नरिवल फुटाएर शुभमुर्हत गरिएको ‘कोहलपुर एक्सप्रेस’को सोमवारदेखि छायांकनको तयारी छ । जुनकिरी आर्टस्को पहिलो प्रस्तुतिका रुपमा रहेको उक्त चलचित्रको छायाकन बाँकेमै गरिने लेखक तथा निर्देशक विशाल भण्डारीले बताए । निर्देशक भण्डारी, निर्माता केकी अधिकारी र केही क्यामेरा तथा छाँयाकनको टोलीसहित नेपालगन्ज आइपुगेको ‘कोहलपुर एक्सप्रेस’को टोली अव छाँयाकन अवधिभर बाँकेमै रहने छ । समाजमा लुकेको बिषयलाई रमाइलो ढंगबाट चलचित्रमा कैद गरिने अभिनेत्रीबाट निर्माताको यात्रा तय गरेकि केकी अधिकारी बताइन । चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, रिचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतलाई देख्न सकिने छ अधिकारीले जानकारी दिइन । तिन युवतीको यात्रा र त्यसबाट उब्जिने घटनालाई चलचित्रमा देखाईने वताइएको छ । पछिल्ला नेपाली चलचित्रहरुले दर्शकलाई हल सम्म तान्ने माहोल बनाइरहेका बेला यो चलचित्रले पनि निरन्तरता दिने विश्वास दर्शकले लिएका छन ।

तपाईको प्रतिक्रिया