चितवन, १२ कात्तिक- जगतपुरमा आज यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।

नारायणगढबाट जगतपुरतर्फ जाँदै गरेको ना४ख ८०७३ नंको बसको ठक्करबाट साइकल यात्री ४७ वर्षीया मीना दराईको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुरबाट यात्रु बोकेर जगतपुरतर्फ जाँदै गरेको बसले लराईलाई ठक्कर दिएको थियो । बसका चालक फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया