काठमाडौँ : सिँचाइमन्त्री सञ्जय गौतमले आगामी संसदीय निर्वाचन तोकिएको समयभित्र सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री गौतमले थप्नुभयो, “सरकार निर्वाचन सार्ने मनस्थितिमा छैन र निर्वाचन सार्ने कल्पना पनि गर्न सकिँदैन ।”

अदालतको कार्यक्षेत्रमा सरकारले हस्तक्षेप नगर्ने बताउँदै उहाँले भन्नुभयो – “मतपत्रको विवादलाई लिएर निर्वाचन आयोगले निर्वाचन गर्न भ्याउँदैन भनेको छैन ।”

नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ मत ल्याई जनताको चाहनाअनुसार समृद्ध मुुलुक बनाउने बताउनुभयो । जनता अग्रगमन र संमृद्धिको पक्षमा रहेको र वाम गठबन्धन त्यसैको द्योतक भएको उहाँको भनाइ थियो ।

राजपाका महासचिव मनिष सुमनले काँग्रेससँगको तालमेल निर्वाचनसम्म मात्र भएको बताउँदै नेपाली काँग्रेसको कारण गठबन्धन बन्न नसकिरहेको खुलासा गर्नुभयो । काँग्रेससँग आफूहरुले ५५ सिट मागेको र राजपा तथा संघीय समाजवादी फोरम नेपालले साझा उम्मेदवारी दिने निर्णय गरिसकेको उहाँले बताउनुभयो । संविधान संशोधनको मुद्दा जिउँदै रहेको पनि उहाँले दोहो¥याउनुभयो ।

तपाईको प्रतिक्रिया