एजेन्सी । दक्षिण भारतीय फिल्म ‘गजनी’, ‘सिंघम’, ‘सिंघम २’ जस्ता थुप्रै चर्चित फिल्मका अभिनेता सूर्यालाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ । उनीसहित बलिउडका चर्चित अनुहारहरु चेरान, विजयकुमार, सरतकुमा र, विवेक, श्रीप्रियालगायतका कलाकारलाई पक्राउ पुर्जी जारी गरिएको भारतयि मिडियाले जनाएको छ । उनीहरुले एक पत्रकारका विषयमा विवादास्पद बयान दिएपछि उनीहरुविरुद्ध मानहानीको मुद्दा दायर भएको थियो। तर, उनीहरु अदालतमा उपस्थित नभएपछि अदातले पक्राउ पुर्जी जारी गरेको हो ।

तपाईको प्रतिक्रिया