एजेन्सी । यस वर्षको सुपरहिट फिल्म ‘बाहुबली’मा ‘कटप्पा’ को भूमिका निभाएर चर्चा कमाएका कलाकार सत्यराज अप्ठ्यारोमा परेका छन् ।

चलचित्रमा भिलियनको भूमिका निर्वाह गरेका कटप्पा रियल लाइफमा विबादास्पद अभिब्यक्ति दिएका कारण अदालतले उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको हो । सन् २००९ मा उनलाई मानहानीको मुद्दा लागेको भारतीय अनलाइन अमर उज्यालाले लेखेको छ ।

उनीविरुद्ध सन् २००९ को अक्टुबरमा मानहानीको मुद्दा दायर भएपनि त्यसपछि अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्न अदालतले आदेश दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया