सोलुखुम्बु : सञ्चारकर्मी डोमा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा लाग्नुभएको छ ।

आउँदो वर्षको वसन्तऋतुमा सगरमाथा चुम्ने योजनाका साथ ग्रीन लेक ट्रेक एण्ड एक्सपीडिसन नामक ट्रेकिङ कम्पनीबाट आरोहण गर्ने तयारी भइरहेकाले त्यसका तालीम लिँदै, आर्थिक संकलनको अभियानसमेत शुरु गर्न थालिएको उहाँको भनाइ छ ।

महिला सशक्तीकरण र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा महिला पत्रकारलाई पत्रकारिता पेशाप्रति आकर्षित गर्दै पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको र यसका लागि रू ३९ लाख लाग्ने भएकाले यतिबेला अर्थव्यवस्थापनमा नै व्यस्त रहेको डोमाको भनाइ छ ।

स्थानीय सोलुदूधकुण्ड नगरपालिका–२ सालबँेसीमा जन्मनुभएकी डोमा अहिले पत्रकारिता विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ भविश्यमा पत्रकारितासँगै महिला अधिकारको निम्ति सशक्तरूपमा अघि बढ्ने सोचमा हनुहुन्छ

तपाईको प्रतिक्रिया