झापा । झापाको बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका ६ जनाको काठमाडौँमा उपचार थालिएको छ ।

प्रहरीसागको झडपमा गोली लागेर गम्भिर घाइते भएका ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ भने इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याएरस वीर अस्पतालमा उपचार थालिएको छ ।

काठमाडौँमा उपचार थालिएका सबैको अवस्थामा केही सुधार हुँदै गएको बताइएको छ ।

तपाईको प्रतिक्रिया