चितवन । धादिगंमा शनिबार बिहानै त्रिशुलीमा बस खसेर ३ दर्जन बढी सर्वसाधारण यात्रुले यात्रुले ज्यान गुमाएको खबर सेलाउन नपाउँदै फेरी चितवनमा भयान दुर्घटना भएको छ । भरतपुर महानगरपालिकाको आँपटारी जंगल नजिक ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए । प्रहरसीका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो ।

गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । बसलाई ठक्कर दिए लगत्तै ट्रिपर चालक फरार छन् भने घाइते बस चालकको उपचार भइहरेको प्रहरीले जनाएको छ । तस्वीर : विनोदबाबु रिजाल

तपाईको प्रतिक्रिया