एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी घोषित भएका हुन् ।

बेजोसको हालको कूल सम्पत्ति ९० अर्ब ६० करोड भएको आधारमा उनलाई फोब्र्स पत्रिकाले विश्वकै धनीको सुचिको शीर्ष स्थानमा राखेको हो । त्यस्तै यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ ।

फोब्र्स पत्रिकाका अनुसार अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेपछि उनी दोस्रोबाट पहिलो स्थानमा उक्लिएका हुन् ।

तपाईको प्रतिक्रिया