काठमाडौं। राजसंस्था पुर्नस्थापनाको माग गर्दै शनिबार काठमाडौंमा विशाल रयाली निकालिएको छ । मातृभूमि संरक्षण नेपाल नामक संस्थाको आह्वानमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै र्याली निकालिएको हो ।

मुलुकलाई डुब्न नदिन राजसंस्था पुर्नस्थापनाको विकल्प नभएको भन्दै मातृभूमि संरक्षण नेपालले नेपालमा राजसंस्थाको अत्यावश्यकता भएको बताएको छ ।

एकसाता अघि पूर्व राजा ज्ञानेन्द्रले आफूले मुलुकको नेतृत्व लिने बेला आएको’ भनि दिएको अभिव्यक्तिको स्वागत गर्दै काठमाडांको हुनमानढोकाबाट सुरु भएको ¥याली बसन्तपुर वरपरको क्षेत्र परिक्रमा गरी हनुमानढोकामै आएर समापन भएको थियो।

तपाईको प्रतिक्रिया