काठमाडौं – गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठको नयाँ गीत “घर हाम्रो लेकैमा” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक श्रेष्ठ पछिल्लो समय आफ्नो इन्जिनियर पेशा सँगसंगै गीत संगीतमा पनि व्यस्त देखिन्छ्न । दीपक शर्माको शब्द संगीतमा रहेको यस गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन । सुमन योन्जनको निर्देशनमा बनेको उक्त भिडियोलाई देवराज सिग्देल छायाङ्कन गरेका हुन भने हेमन योन्जनको सम्पादन गरेको छ । भिडियोमा दिनेश लिङ्खिम र द्रिप्ती तामाङको अभिनय देख्न सकिने छ ।

पूर्व सांसद सूर्यबहादुर केसीसहितलाई कांग्रेस प्रवेश गराउन पोखरा आएका रहेका प्रधानमन्त्री देउवालाई अनेरास्ववियु भुगोल कमिटीका नेताहरुले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री देउवा पोखरा विमानस्थलबाट कार्यक्रम स्थलतर्फ आउँदै गर्दा पृथ्वीचोक भन्दा करीव ५० मिटर दक्षिणतर्फ नागढुंगास्थित होटल तिरुपतिको अगाडि अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाउनुका साथै शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए ।

प्रधामन्त्री आउने भएपछि सुरक्षा ब्यबस्था कडा बनाइएपनि सुरक्षाका लागि तैनाथ भएका प्रहरी कै अगाडि उनीहरुले कालो झण्डा देखाएका थिए ।

सुरुमा पृथ्वीचोकमै कालो झण्डा देखाउन तयार भएर बसेका विद्यार्थीलाई हस्तक्षेप गरी लखेटेपनि उनीहरु थोरै तल नागढुंगामा जम्मा भएर कालो झण्डा देखाएका थिए । यसैबीच, कालो झण्डा देखाएको आरोपमा प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ ।

१५/२० जनाको समूहमा रहेका मध्ये गौतमलाई प्रहरीले पक्राउ गरेको हो । गौतमलाई पक्राउ गर्न लागेका बेला अन्य भने भागेका थिए ।

तपाईको प्रतिक्रिया