काठमाडौँ। सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खस्दा ज्यान गुमाएका ११ यात्रुको शव नदीबाट बाहिर निकालिएको छ ।

११ जना यात्रुको शव खोलबाट बाहिर ल्याएपनि यात्रुहरुको शव पहिचानमा भने कठीनाई भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृतकको संख्या अझै बढ्ने अनुमान छ । बसमा कति यात्रु सवार थिए भन्ने विषयमा प्रहरी अझै निष्र्कषमा पुगीसकेको छैन । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया