काठमाडौँ । धादिङमा एकाबिहानै भएको रात्री बस दुर्घटनामा ७ जनाको शव बाहिर निाकलिएको छ । मृत्यु हुनेमा एक बालक, ४ जना पुरुष र दुई महिलाको शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको सनाखत भइसकेको छैन । सप्तरीको राजविराजबाट काठमाडौं आइरहेको ना ६ ख १४ ६४ नम्बर बस गजुरी नजिकै घाटबेसीको बाँङ्गेमोड भन्ने ठाउँबाट आज बिहान त्रिशूलीमा खसेको हो । प्रहरी र सेनाको गोताखोरले नदीमा डुबेको गाडी भित्र पसेर खोजी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया