लमजुङ – विगतका बर्ष हिमाली जिल्ला मनाण्का बासिन्दा यो मौसममा जाडो छल्न बेसी झर्ने सुरसारमा लाग्थे ।

तर यस बर्ष उनीहरु गाउँमै छन् । आजको कान्तिपुरमा खबर छ ।

पोखरालगायत स्थानमा बस्दै आएकाहरुसमेत गाउँ फर्कदै छन् ।

चुनाव नसकिएसम्म सहर नझर्न उम्मेदवारले मतदातालाई आग्रह गरेका छन् ।

मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङ मंसिर १० को चुनावपछि मात्रै काठमाडौं जाने बताउँछन् ।

उनले भने,

-नेताहरु गाउँ आएका छन् ।

-चुनावसम्म बस्नुपर्यो ।

-अब भोट हालेर मात्रै झर्नुपर्ला

तपाईको प्रतिक्रिया