मोरङ – मोरङको केरावारी गाउँपालिका ७ मा आफ्नै मामाले भान्जीको हत्या गरेको विषयलाई लिएर मोरङ्गको केराबारीका स्थानिय बासिन्दाहरूले इलाका प्रहरी कार्यालय केराबारीमा प्रदर्शन गरेका छन् । वडा नम्बर ६ र ७ का स्थानीयहरूले प्रहरी कार्यालय घेराउ गर्दै टायर बाली प्रदर्शन गरेका हुन् ।

प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई हत्या अगावै लामो समयसम्म बालिकालाई नियन्त्रणमा लिँदा पनि प्रहरीले केहि नगरेको भन्दै स्थानीयहरूले विरोध जनाएका हुन् । बुधबार पाँचथर जिल्लाको लिम्बा बस्ने ३४ बर्षीया भक्तशेर लिम्बुले दिदी घरमा आएको बेला बुधवार दिउँसो ११ वर्षीया सचिता लिम्बुको खुकुरीले काटी हत्या गरेका थिए । भान्जीलाई कोठामा बन्धक बनाएर खुकुरी प्रहार गरी बालिकाको हत्या गरेका थिए ।नयाँ पत्रिकाले छापेको छ ।

भान्जीलाई खुकुरीले काटेर हत्या गरेपछि गाउँलेहरुले प्रहरीलाई खवर गरेका थिए । घटनास्थल प्रहरी पुगेपछि लिम्बुले प्रहरीमाथि नै आक्रमण गरेपछि सशस्त्र प्रहरीको सहारा लिनु परेको थियो । सशस्त्रले ढोका फोडेर उनलाई पक्राउ गरेको थियो भने बालिकालाई अस्पताल लगेको थियो ।

तपाईको प्रतिक्रिया