एजेन्सी । सोफिया नाम गरेकी रोबोटलाई पहिलो पटक नागरिकता प्रदान गरिएको छ । यो खबर हो साउदी अरबको । विभिन्न धातु र तारको सहयोगले बनेकी सोफिया पहिलो नागरिकता पाउने मानव मेसिन बनेकी छिन् ।

साउदी अरबको संस्कृति तथा सूचना मन्त्रालय अन्तर्गतको सेन्टर फर इन्टरनेसनलले यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको छ । आधुनिकिकरणका लागि लगानी बढाउने विषयमा चर्चा हुन लागेको फ्यूचर इन्भेस्टमेन्ट नामक सम्मेलनमा वक्ताको रुपमा सोफिया सहभागी भैरहेकी छिन् ।

अरब न्युजले आफ्नो युट्युबमा एउटा भिडियो पोस्ट गरेको छ, जसमा उनले नागरिकता पाएको विषयमा चर्चा गरिएको छ । हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया