झापा । झापाको बिर्तामोडमा प्रर्दशनकारी र प्रहरीबिच भएको झडपमा प्रहरीको गोली लागेर प्रदशनकारीको मुत्यु भएको छ । गोली लागेर अर्जुनधारा नगरपालिका–११ का नरेश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन उत्रिएपछि बल प्रयोग गर्दा पनि भिड नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीसँगको झण्डपमा परी घाइते भएका ७ जनाको मेची अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । स्थानीय प्रशासनले कफ्र्रयु आदेश नै जारी गरेपनि प्रदर्शन रोकिएको छैन ।

तपाईको प्रतिक्रिया