एजेन्सी । फूलै फूलले सजिएको स्कारपियो गाडी कच्ची सडकमा दुर्घटनामा परेपछि गाउँलेहरु जम्मा भए । यो घटना भारतको अलवर भन्ने स्थानको हो। हरियाणाको नम्बर प्लेट भएको यो गाडी दुर्घटना भएको कारमा बेहुला(बेहुली चढेको अनुमान गरिए पनि उक्त कारमा कुनै बेहुला(बेहुली नभई एक घाइते र ३ वटा मृत गाई गरी ३ वटा गाई रहेको भारतीय प्रहरीले जनाएको छ । कार दुर्घटना पश्चात चालक फरार भएको अवस्थामा प्रहरीलाई गाउँलेले खबर गरेका थिए । गाडीमा ड्राइभरको सिट बाहेक अरु सिट पनि थिएनन्।

फेला परेका गाई तस्करीका भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ। दुर्घटना भएको गाडी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया