नेपालगन्ज १० कार्तिक । नेपालगन्जको चोलिक्का चोकननजिकै १ बेवारिसे पुरुषको शव फेला परेको छ । सिमा प्रहरी चौकि जयसपुर देखि केहि किलोमिटर दक्षिणतर्फ पानी नभएको नालामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।

शवको पहिचान हुन नसकेको प्रहरीले जनाउको छ । बिहान १० बजेर ४५ मिनेटमा प्रहरीलाई खबर गरेका स्थानियहरुले मृतकको मानसिक सन्तुलन ठिक नहरेकोे र माग्दै हिड्ने गरेको बताएको र थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया