काठमाडौं । भारतको उडिसाका मस्तिष्क र नशा नै एक अर्कामा जोडिएका दुई जुम्ल्याहा बालकको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया विभिन्न क्षेत्रका ४० जना चिकित्सकको सहायताबाट सम्भव भएको बताइएको छ ।

दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान, एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा समय लगाएर जुम्ल्याहा बालक जग्गा र कलियाको सफलतापूर्वक शल्यक्रिया गरी टाउको अलग्याएका हुन् । एम्सका अनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु गरिएको थियो । टोलीमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञ संलग्न थिए ।

सर्जरी गर्न १६ घण्टा र एनिस्थिसियामा २० घण्टा लागेको बिबिसीले लेखेको छ । बिबिसीका अनुसार दुई बालकको मस्तिष्क र नशा नै एक अर्कामा जोडिएका बालकलाई अलग गर्न थुप्रैं चरणको अपरेसन गरिएको थियो ।

तपाईको प्रतिक्रिया