झापा । बेपत्ता भएका बालकको हत्या भएपछि त्यसको बिरोधमा निकालिएको र्‍यालीमा प्रहरीले दर्जनौं राउण्ड गोली प्रहार गरेको छ । असोज १४ गते बेपत्ता भएका अर्जुनधाराका ११ बर्षीय बालक लक्ष्मण शिवाकोटी बेपत्तापछि भोलीपल्ट मृतअवस्थामा फेलापरेपछि प्रहरीले अहिलेसम्म हत्यारालाई पक्राउ नगरेको बिरोधमा स्थानीयले र्याली निकालेका थिए ।

मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले बिर्तामोड ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै पोखरेल परिवारका आठ जनाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

बालकको अपहरणपछि अत्या गरिएको एक महिना लामो समय भइसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयबासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गर्दै र्‍याली गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । र्‍यालीमा सहभागीहरुले आफूहरुको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले दर्शनौं राउन्ड रबरको गोली चलाएको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया