काठमाडौँ । दाङमा एमालेका शंकर पोखरेल र माओवादीका महराबिच देखिएको विबादलाई वाम गठबन्धनले अन्तत साम्य पारेको छ ।

नेकपा एमालेले नेता शंकर पोखरेललाई प्रदेश नम्बर ५ बाट मुख्यमन्त्रीको प्रस्ताव गरेपछि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यत्यबाट चुनाव लड्ने भएपछि दुई नेता र दुई पार्टीबिच देखिएको दागंको समस्या हल भएको छ । वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रका दुई प्रभावशाली नेताले यसअघि एउटै चुनाव क्षेत्र दाबी गरेपछि भागबन्डामा समस्या देखिएको थियो।

यसअघि पोखरेल ०५१ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने ०५६ को संसदीय निर्वाचनमा ३ बाट र दोस्रो संविधानसभा निर्वाचनमा ४ नम्बर क्षेत्रबाट चुनाव लडेका उनी पराजित भएका थिए।

तपाईको प्रतिक्रिया