काठमाडौं । लामो समय नेपाली कलाकारहरु अमेरिका भासिने क्रम चलिरहेको र त्यो क्रमले हिजोआज पनि निरन्तरता पाउने क्रम जारी रहेको छ । जसको पछिल्लो उदाहरण बनेकी छिन् नायिका निता ढुंगाना । ६ एकान ६, नोटबुक लगायतका चलचित्रमा काम गरेर तारिफ बटुले पनि पछिल्लो समय फिल्म पाउन छाडेपछि नायिका ढुंगाना अमेरिका हानीएकी हुन् । निदेृशक दिनेश डिसीको फूलै फूलको मौसम असफल भएपछि नायिका ढुंगानाले पनि नायक आमेश भण्डारीसँगको प्रेम सम्बन्धलाई पूर्ण बिराम लगाइन् । त्यसपछि उनले फिल्म नै पाउन छाडिन् । फाट्टफुट्ट भिडियोमा देखिएपनि उनी निकै नै तनावमा रहेको उनकी एक मिल्ने सहकर्मी बताउँछिन् । खेलेका चलचित्र पनि नचलेपछि उनी थप तनावमा आएकै बेला अमेरिका हानिएको स्रोतको भनाई छ ।

यसैबिच नायिका ढुंगानाले अमेरिकाबाट नै फोसबुकमा पोष्ट गरेको तस्विरमा उनका फ्यानहरुले उनलाई विभिन्न थरिका जिज्ञासा राखेका छन् । जसमध्येको एउटा हो नेपाल कहिले फर्किने ? त्यसको उत्तर निताले कहिले देलिन् ?

यसअघि दर्जनौँ नायक नायिकाहरु यसैगरी नेपालमा काम कम पाउन थालेपछि यूरोप अमेरिका पलायन भएर लामो समयपछि फर्किने गरेका थिए । जसको पछिल्लो उदाहरण हुन् नायक रमेश उप्रेती र नायिका करिश्मा मानन्धर ।

तपाईको प्रतिक्रिया