काठमाडौँ । सोलुखुम्बुको प्रदेश सभा ‘क’ मा बागी उम्मेद्धार दिएका लोचन कुमार शर्मालाई एमालेले कारबाही गरेको छ।

आगामी मंसिर १० मा हुने निर्वाचनमा पाटीको निर्णय विपरित उम्मेद्धार दिएको भन्दै एमाले सोलुखुम्बुले कारबाही गरेको हो। जिल्ला अध्यक्ष मानवीर राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा पाटीको केन्द्रीय सर्कुलर अनुसार, मनोनयन फिर्ता लिनका लागि उपसमिति गठन गरी छलफललाई अघि बढाएपनि नेता शर्माले उम्मेद्धारी फिर्ता लिन सहमत नभएपछि पाटीले सदस्यता नरहने गरी अनुशासन कारबाही गरेको उल्लेख छ।

उता, पाटीको अनुशासन कारबाहीमा परेका नेता शर्माले स्वतन्त्र ढंगले निर्वाचन लड्नका लागि तयारी गरिरहेका छन्।

उनले पाटीले स्थानीय निर्वाचनमा प्रदेश सभाको उम्मेद्धार बनाउने लिखित सहमति गरेपनि योगदानको कदर नगरेको भन्दै बागी उम्मेद्धार दर्ता गराएका थिए। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया