काठमाडौं – दादले धेरैलाई सताएकै हुन्छ । सही समयमा सही उपचार नपाएमा सामान्य लाग्ने दादले पनि धेरै समस्या दिन सक्छ । यसलाई बेवास्ता गर्दा एकपटक निको भइसकेको दाद पनि पटक–पटक आउन सक्छ । पहिलेकै जस्तो तापक्रम र वातावरण मिल्यो भने बढी दोहोरिने सम्भावना हुन्छ । साथै, चिकित्सकले दिएको औषधि तोकिएको समयअगावै छोडे पनि पुनः दोहोरिने सम्भावना हुन्छ । दादको औषधि लगाउने र खाने अवधि कम्तीमा पनि एक महिना हुन्छ । फंगल्स शरीरको जुन सतहमा हुन्छ, त्यो निख्रिन वा बाहिरिन शरीरले त्यति समय लगाउँछ ।

कसरी बच्ने ? पसिनालाई शरीरमा ओभाउन नदिने । कटनका लुगा लगाउने । शरीरमा हावा छिर्ने खुला कपडा लगाउने । शरीरमा फोहोर हुन नदिने । सामूहिक पौडीपोखरीमा नजाने । एक–अर्काको कपडा साटेर नलगाउने । को बढी जोखिममा ? रोगप्रतिरोधी क्षमता कमी भएका व्यक्ति । मधुमेह भएका, दीर्घरोग भएका, रोगप्रतिरोधी क्षमता कम बनाउने औषधि खाइरहेका । सार्वजनिक पोखरीमा बढी पौडी खेल्ने व्यक्ति । एक–आपसमा लुगा साटासाट गरेर लगाउँदा पनि सर्छ । लक्षण चिलाउने । सानो पैसा आकारको दाग देखिने । फैलिँदै जाने । बीच भागमा राम्रो भएजस्तो देखिन्छ, तर बाहिर रातो बढ्दै जान्छ । खराब औषधि भएमा घाउ पाकेर पिप आउने हुन्छ । त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ । चह¥याएर हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको फंगल्स विद्यालय जाने बालबालिकामा बढी हुन्छ । रोकथाम तथा उपचार औषधि नमिसाइएको सादा साबुनले नुहाउने । नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने । चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । ढुसी मार्न प्रयोग गरिने पाउडर प्रयोग गर्ने । बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने । आफूखुसी उपचार नगर्ने । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया