एजेन्सी । ‘बाहुवली र बाहुवली २’ खेलेर चर्चाको शिखरमा रहेका साउथ अभिनेता प्रभासले हिन्दी फिल्म खेल्नका लागी भन्दै २० करोड रुपैयाँ माग गरेका छन् ।

बलिउडका चर्चित फिल्म निर्माता निर्देशक करण जोहरले प्रभाषलाई लिएर एउटा हिन्दी चलचित्र बनाउने तयारी गरेका बेला प्रभाषले त्यति ठूलो रकम माग गरेपछि प्रभाष पछाडी हटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रभासको चर्को डिमाण्डपछि करणले उनीमाथि रिक्स मोल्न नचाहेको बताइएको छ । जसका कारण करणले काम गर्न लागेको प्रोजेक्ट रोकिएको छ । प्रभास अहिले ‘साहो’ नामक चलचित्रमा काम गर्दैछन् । यो ३ भाषामा निर्माण भैरहेको चलचित्र हो ।

तपाईको प्रतिक्रिया