नेपालगन्ज । नेपाल आइडलमा नेपालगन्ज बाट अडिसन दिएका हनोक दास अहिले एकाएक चर्चामा आएका छन । आइडल बाट बाहिरेपनि सुमधुर स्वरका धनि हनोक दासले आफ्नो पहिचान एक प्रतिभावान गायकको रुपमा चिनाएका छन । नेपालगन्ज कारकादो दिपनगरका २६ वर्षिय हनोकले ‘बतास बनिकन हराईदिन्छ’ बोलको गित युटुव बाट सार्वजनिक गरेका छन । उनको पहिलो गित स्वरुप निकालिएको गित एक साताभित्रमै ६० हजार दर्शकले हेरेका छन ।

सानै देखि गित सगितमा रुचि राख्ने नव गायक दासले आफ्नो १५ वर्षदेखिको मेहेनतको प्रतिफल स्वरुप गित दर्शक सामु पस्केको बताए । हनोकले बतास गितमा सगित स्वर सगै आफै मोडलिङ्ग समेत गरेका छन । आमा अनुराधा दासले घरमा सधै गित गुनगुनाउने गर्थिन । आमाकै प्रभावले सानो छदै हनोकलाई पनि गित संगितमा रस बसेको थियो । स्कुल र कलेजसम्म नेपालगन्जमा पढेका दास गाउँघर र स्कुलमा हुने स्टेजका कार्यक्रमहरुमा नछुटाएर गाउने गर्दथे । विगत ९ वर्ष देखि काठमाडौको भैसीपाटीमा बसेर अध्ययन र गित सगितलाई अघि बढाइरहेका छन् दासले । अध्ययनमा सामान्य देखिएका हनोक गायकीमा भने तेज देखिएका छन् ।

इन्दिरा बला निधि संगितालयमा संगित सिकीरहेका हनोकले गित संगितमै जिवनपर्यन्त रहने बताए । उनी भन्छन्, ‘गित संगितमा लागेर पैसा कमाउँला भन्ने छैन तर समाजलाई केहि दिनुपर्छ भन्ने चैै लागेको छ ।’ उनले भने ‘बतास गित बाट आएको सम्पुर्ण आम्दानीमध्ये ५० प्रतिशत रकम बाजुरा कोल्टीमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने छु ।’ गित पुर्ण रुपमा माया प्रेमको भावमा आधारित छ । गायक दासले भर्खरैका युवा पिढिले रुचाउने गरी गित तयार गरिएको बताए । बाँके खजुराका शिशिर सापकोटाको शव्द रहेको उक्त गितले मागे अनुसार नै उत्कृष्ठ भिडियो निर्माण गरीएको निर्माण पक्षले जनाएको छ । भिडियोमा पोखरा, काठमाडौ र थानकोटको सुन्दर दृश्यहरु दृश्यांकन छ ।

तपाईको प्रतिक्रिया