नेपालगन्ज ०९ कार्तिक । बाँकेका नरैनापुर र डुडुवा गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । गाउँपालीकाको गाउँसभा हुन नसक्दा औषधि खरिद प्रकृया अन्योलमा परेकाले औषधि अभाव भएको हो । स्वास्थ्य संस्थामा हाल जनस्वास्थ्यले पठाउने औषधिहरु मात्रै आईरहेको छ ।

स्वास्थ सस्थामा आवश्यक सबै औषधिहरु उपलब्ध हुन नसक्दा सामान्य विरामीको लागी चाहिने औषधी लिन पनी नेपालगन्ज धाउन परेको डुडुवा गाउँपालिकाका स्वास्थ्य इन्चार्ज वीरेन्द्र घलेले बताए । स्वास्थ चौकीका इन्चार्ज घलेका अनुसार हाल गाउँपालिकाको स्वास्थ्य संस्थामा दादको औषधि, एन्टिबायोटिक, बि कम्पलेक्स, मलमहरु एवं बालबालिकाका लागि चाहिने झोल औषधिहरु अभाव भएको छ । नरैनापुर गाउँपालिकाकामा पनि अत्यावश्यक औषधी अभाव छ ।

स्वास्थ्य इन्चार्ज मोइन खाँले गाउँसभा हुन भएको ढिलाईले गर्दा औषधी खरिद प्रकृयामा जान नसकिएको बताएका छन । औषधी खरिद प्रक्रियामा जान नसक्दा आवश्यक औषधिहरु उपलब्ध गराउन नसकिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया