एजेन्सी । साउथकी चर्चित अभिनेत्री अर्थात दीपिका पादुकोणकी ‘डुब्लीकेट भनेर चिनिने अमला पाललाई ज्यान मार्ने धम्की आएको बताइएको छ । २६ बर्षकी यि अभिनेत्रीले एक पटक ज्यान मार्ने धम्किको सामना गरिसकेकी छन् ।एक अपरिचित व्यक्तिले फोन मार्फत उनलाई ज्यान मार्ने धम्कि दिएका थिए ।

यसका साथै चेन्नईको एक सिनेमा हल बाहिर पनि उनलाई हमला गर्ने कोशिस भएको थियो । निर्देशक सामीको फिल्म ‘सिन्धु समवेली’ मा तामिल संस्कृतिको विरुद्ध काम गरेको आरोप लगाउँदै उनी माथि आक्रमणको प्रयास गरिएको बताइएको छ । दीपिकासँग हुबहु देखिने अमलाले दीपिकासँग तुलना गर्दा खुसि लाग्ने बताएकी छन् ।वीरासेकरन’, ‘सिन्धु समावेली’, ‘म्याना’, ‘विकदाकवि’, ‘लव फेल्योर’, ‘रन बेबी रन’, ‘नायक’, ‘थलाइवा’, ‘अम्मा कनक्कु’ जस्ता फिल्ममा उनले काम गरी सकेकी छन् ।

तपाईको प्रतिक्रिया