काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको विषयलाई लिएर निर्वाचन नर्सने बताएका छन् । एमाले र माओवादीले बिहिबार अपराह्न्न गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दलहरुकै सहमतिमा दुइटै मतपत्र बनाउने सहमति भएको र मतपत्रको विषयलाई लिएर कुनै पनि हालतमा निर्वाचन नसर्ने बताए ।

सरकारले निर्वाचन सार्ने चलखेल गरिरहेको भन्ने समचारले जनमानसमा अन्योल सिर्जना भएकाले बिहिबारको पत्रकार सम्मेलनको आवश्यकताको औचित्व पुष्टी गर्दै अध्यक्ष ओलीले भने निर्वाचन नै नसर्ने हुनाले त्यसपछि के हुने भन्ने कुरा भन्न जरुरी भएन । अध्यक्ष ओलीले मतपत्र दुईटै छ ।

दुईवटा मतपत्र संविधान बमोजिम नै तय गरिएको हो । त्यसैले अहिले स–साना कुरामा अल्झिने कुरा छैन, यदि कसैले खोज्छ भने नेपाली जनतालाई त्यो कदापी स्वीकार्य नहुने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया