काठमाडौँ । नायक रमेश उप्रेतीको निर्माण तथा मुख्य अभिनय रहेको चलचित्र ‘ऐश्वर्य’ आजदेखि देशभर प्रर्दशनमा आएको छ । रमेश उप्रेती, नव नायिका दिपिका प्रसाई, केकी अधिकारी लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको फिल्म आज छठ पर्वको अवसर पारेर प्रर्दशनमा आएको हो ।

चलचित्रको तिमी रोएको पल र ट्रेलरका कारण नव नायिका दिपिका प्रसाईको कामको चौतर्फी चर्चा भइरहेका बेला चलचित्रले प्रर्दशनमा आएको पहिलो दिन राम्रो चर्चासँगै ब्यापार गरेको छ । दिवाकार भट्टराईको लेखन तथा निर्देशन रहेको ‘ऐश्वर्य’ धनको पछि लाग्ने व्यक्ति र त्यसबाट आउने परिणामको कथा हो । अर्जुन पोखरेलको संगीत रहेको ‘तिमी रोएको पल’ ले श्रोताको मन जित्न सफल भइ सकेको छ । राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकन रहेको चलचित्रमा रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको छ । फिल्ममा विकीनि अवतारमा देखिएकी दीपिकाको डेब्यू फिल्म भएपनि उनले चौतर्फी तारिफ पाएकी छिन् ।

तपाईको प्रतिक्रिया