बैतडी, ९ कात्तिक- बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वर तिलाडीकी ३४ वर्षीय अनिता विष्टको लडेर मृत्यु भएको छ । आज बिहान घर नजिकै रहेको तिलाडी भिरमा खर काटिरहेका बेला लडेर गम्भीर घाइते भएकी अनिताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया