एजेन्सी । चर्चित भारतीय नायक सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा है’को नयाँ पोस्टर सार्वजनिक भएसँगै चलचित्रको चर्चा चरम चुलिमा पुगेको छ । चलिचित्रको हालै सार्वजनिक पोस्टरमा सलमान र कैटरिना कैफ पावरफुल लुक्समा देखा परेका छन् । अव्वास जाफरले निर्देशन रहेको चलचित्रको पोस्टरमा कैटरिना पनि पावरफुल लुक्समा देखाइएको छ ।

यस अघि सार्वजनिक भएको पोस्टरमा सलमानलाई एक्लो थिए । यही चलचित्रको बाहानामा पनि सलमान र क्याट्रिनाले एकसाथ समय बिताउन थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया