एजेन्सी । बलिउडका चर्चित अभिनेता ऋतिक रोशनको डिर्भोस काण्डले चर्चा पाएपछि पनि उनी आफनी पूर्वपत्नीसँग नजिकिन र भेटघाट गर्न छाडेका छैनन् । ऋतिक र सुजैन कहिले आफ्नो छोराछोरीका लागि त कहिले परिवारका लगि सँगै देखिने गरेका छन् । यसैबिच सुजैनको ३९ औँ जन्मदिनको अवसरमा पनि बलिउड अभिनेता ऋतिक रोशन स्पेस्ल गेस्टका रुपमा देखा परे । आफ्ना पूर्वपतिसँगको तस्विरहरु इन्स्टाग्राममा सेयर गर्दै सुजैनले लेखेकी छिन्, ‘मेरो जीवनका सबै प्रिय व्यक्तिका लागि… मेरो जन्मदिन विशेष बनाउने सबैलाई धन्यवाद ।’ सो अवसरमा फिल्ममेकर करण जौहर, ट्विंकल खन्ना, सोनाली बेन्द्रेलगायतका बलिउडका कलाकार तथा निर्देशक सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया