काठमाडौँ । बझाङमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् भने ४ को अवस्था चिन्ताजनक रहेको छ । बझाङको सदरमुकाम चैनपुरबाट बागथलाका लागि छुटेको से १ ज ८६१ नम्बरको जिप केदारस्युँ गाउँपालिका–१ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको छ ।

गम्भीर घाइते हुनेमा केदारस्युँ गाउँपालिका–१ का ३८ वर्षीय पशुपति मल्ल, ३६ वर्षीय ईश्वर मल्ल, केदारस्युँ गाउँपालिका–२ का २८ वर्षीय कुमार ओखेडा र रायल १ का २८ वर्षीया जमुना बोहरा रहेका छन् । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया