काठमाडौं । विश्वमा नै शक्तिशाली पासपोर्ट भएको देशमा सिंगापुर शीर्ष स्थानमा परेको छ । ग्लोबल एडभाइजरी फर्म आर्टोन क्यापिटलले हालै सार्वजनिक गरेको तथ्यांकका अनुसार सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली सूचीमा परेको हो। उक्त तथ्यांकका अनुसार चीन, क्युबा, ब्राजिलजस्ता देशमा जान सिंगापुरका नागरिकले चाहे भिषा लाग्छ ।

त्यस्तै शक्तिशाली देशको सूचीमा जापान, नर्वे, स्पेन, फ्रान्स, इटाली, फिनल्याण्ड, डेनमार्क र युके रहेका छन् । ग्लोबल एडभाइजरी फर्म आर्टोन क्यापिटलका अनुसार नेपाली पासपोर्ट ८९औँ शक्तिशाली पासपोर्टका रुपमा रहेको छ । दक्षिण एसियामा नेपाल माल्दिभ्स, भारत र भुटानपछि चौँथो शक्तिशाली पासपोर्ट भएको देश हो। नेपाल र श्रीलंकाले समान ३६ अंक पाएका हुन् भने दक्षिण एसियाली राष्ट्रहरुमा क्रमशः अफगानिस्तान ९४औँ, पाकिस्तान ९३औँ, बंगलादेश ९०औँ, भुटान ७६औँ, भारत ७५औँ र माल्दिभ्स ५४औँ शक्तिशाली पासपोर्ट भएका देशहरु बनेको क्यापिटलले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया