काठमाडौं– अभिनेता पल शाह तथा अभिनेत्री आ“चल शर्माको जोडी चलचित्रमा हिट छ । उनीहरुको जोडीले विगतमा केही चलचित्रमा उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेको छ । पछिल्लो समय मह सञ्चारको चलचित्र सत्रुगतेमा आवद्ध यो जोडिले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक राजेश लामाको स्वरको ‘जानी नजानी’ गीतको म्युजिक भिडियोमार्फत पल र आ“चलको जोडि पुनः एक पटक दर्शक तथा स्रँेतामाझ आएको हो । गायक राजेश लामाले विगतमा ‘नक्कली नानी…’ गीतबाट स्रोताका मन जितिसकेका छन् ।

विकास सुवेदीद्वारा निर्देशित उक्त गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका कर्णप्रिय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका छन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । यस्तो छ जानी नजानी गीतको म्युजिक भिडियो

तपाईको प्रतिक्रिया