एजेन्सी । अभिनेत्री हिथर लिन्डले अमेरिकी पूर्व राष्ट्रपति ९३ वर्षीय जर्ज बुशले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छन् ।

जर्ज बुस सीनियरले आफ्नो व्हील चियरमा बसेर आफूलाई नराम्रो दृष्टिकोणले छोएर फोटो खिचेर आफ्नो मजाक उडाएको बताउँदै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् यो आरोप लगाएकी हुन् । उनले इन्स्टाग्राममा गरेको पोस्ट पछि हटाएकी थिइन् । तर पूर्व राष्ट्रपति बुसले भने आफ्नो त्यस्तो नियत नभएको भन्दै माफी मागेका छन् । बुसका प्रवक्ताले भने जानीजानी कसैलाई पनि दुःख दिने नियतले बुसले केही काम नगरेको दाबी गरेका छन् ।उनले ख्यालठट्टा गर्ने क्रममा कसैलाई परेको चोटप्रति माफी मागेका छन् ।

तपाईको प्रतिक्रिया