बनेपा, कात्तिक ९ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि खुलेको म्यादी प्रहरी बन्न बाबु–छोरी नै लागि परेका छन्।

बनेपा नगरपालिका–६ मा बस्दै आएका ४८ बर्षीय हिमनिम तिम्ब शेर्पा र उनका छोरीहरु स्नातक अध्यनरत मिङ्मा, कक्षा १२ मा अध्यनरत निमदिकी शेर्पा म्यादी छनौंटमा सहभागि भएको खबर आजको अन्नपूर्ण पोष्टमा श्रीराम केसीले लेखेका छन्।

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यायलयमा भएको छनोटमा तीन बाबुछोरीले एकैपटक शारीरिक र लिखित परीक्षा दिएका हुन्। शेर्पा परिवारले धुलिखेलमा होटेल व्यवसाय गर्दै आएको छ। पैसा भन्दा पनि राष्ट्र सेवाका लागि म्यादीमा जागिर खान आएको निमदिकीले बताइन्।

तपाईको प्रतिक्रिया